Krishi Pasal

“कृषि पसल”

किसान एवं सेवा प्रदायकलाई छिटो छरितो, विश्वासिलो, सस्तो र भरपर्दो सेवा प्रदान गर्ने प्रविधिको प्रयोग गरिने छ । नेपाल कृषि कम्पनीबाट संचालित कृषि पसलबाट किसानका लागि तपसिल बमोजिमका सेवाहरु प्रदान गर्ने उद्देश्यहरु रहेको छ ।
क) कृषि रसायन
ख) कृषि यान्त्रिकरणका लागि मशिन / औजार
ग) बैंकहरुसँग सम्पर्क स्थापित गरी शुलभ् कृषि ऋया
घ) कृषि बिमा ङ) मल तथा नयाँ जातको बीउ
च) “राम्रो कृषि प्रकृया” का लागि आवश्यक पर्ने सेवा तथा सल्लाह
छ) यस संस्थाको उद्देश्य पूर्तिका लागि आवश्यक पर्ने अन्य कार्यहरु

“कृषि पसल” सेवाबाट हुने फाइदाहरु

क) किसानहरुलाई भरपर्दो, सस्तो एवं प्रभावकारी सेवा समयमा प्रदान गर्ने ।
ख) सेवा प्रदायकहरुले एकैपटक तेस्रो पक्षको सहयोग र विश्वासिलो बजार पाउने ।
ग) इस बाहेक किसान, खेतीपाती, सेवा प्रदायक कृषि सामाग्री एवं उपजको व्यवस्थित / तथ्याड्ढ राख्ने भएकाले किसानका आयव्यय लगायत यस कार्यसँग सम्बन्धित सबैका ठूला तथ्याड्ढ विश्लेषणबाट भविष्यका योजना तर्जुमा एवं प्रभावकारिता अध्ययन गर्न सहयोगी सावित हुने ।